April 28, 2023
Private equity is set to play a bigger role in Nepal’s economy.
Dhruba Timilsina is the Chief Executive Officer of Avasar Equity Limited, a company that invests in potentially high-growth private companies...
April 21, 2023
विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ बमोजिम नेपाल धितोपत्र बोर्डमा दर्ता भएको नेपालको पहिलो प्राईभेट इक्वीटी फण्ड मिति २०७९ फाल्गुण १५ गते देखि मिति २०७९ चैत्र १५ गतेसम्म कोष व्यवस्थापक अवसार इक्विटी लिमिटेडले परिपत्र विधिबाट निष्काशन गरिएकोमा ४ अर्व ५० करोड भन्दा बढीका इकाईहरुको सफल विक्री भई कोष निष्काशन बन्द भएको घोषणा गरिएको छ ।
बजारको हालको चुनौतीपूर्ण अवस्थामा समेत कोषमा लगानी गर्नका लागि कोषले अत्याधिक विश्वास प्राप्त गरेको छ । यसरी नेपालमा दर्ता भई संचालनमा आउने यस पहिलो कोषले निष्काशन तथा बिक्रीमा सफलता पाउनुलाई नेपालको प्राईभेट इक्विटी तथा भेन्चर क्यापिटल व्यवसायको इतिहासमा एउटा महत्वपूर्ण कोशे ढुङ्गाको रुपमा हामिले लिएका छौ । यसै अवसरमा कोषले व्यापार बृद्धिका रणनीतिहरू कार्यान्वयन गर्न सक्ने क्षमता भएका तर स्रोत साधनको अभाव भएका नेपाली उद्योग व्यवसायमा लगानी गरी त्यस्ता क्षेत्रहरुको विकास र विस्तारमा सघाउ पु¥र्याई एकातर्फ देशको आर्थिक विकासमा योगदान गर्ने र अर्को तर्फ हामिलाई विश्वास गरी कोषमा लगानी गर्ने लगानीकर्ताहरुलाई उचित प्रतिफल समेत प्रदान गर्ने गरी लगानी व्यवस्थापन गर्न कोष व्यवस्थापकले हरसम्भव प्रयास गर्ने कुराको प्रतिवद्धता समेत व्यक्त गर्न चाहान्छौ । लगानीका लागि कोष व्यवस्थापकको इमेल ठेगाना rm@avasarequity.com मार्फत सम्पर्कका लागि अनुरोध गरिन्छ ।
कोष संचालन स्वीकृति प्रदान गर्ने श्री नेपाल धितोपत्र बोर्ड तथा हामिलाई विश्वास गरी कोषमा लगानी गर्ने लगानीकर्ता प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौ । साथै यस कार्यमा सघाउ पु¥याउने हाम्रा संस्थापकहरु लगायत अन्य सम्पूर्ण सरोकारवालाहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।